शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

जापानमा संकटकाल घोषणा


  • शनिबार, बैशाख ११ २०७८
10.2K
SHARES

फाईल तस्बिर

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि फेरि सङ्कटकालको घोषणा गर्नुभएको छ । राजधानी टोकियोसहित उहाँले अरु केही पश्चिमी प्रान्तहरू ओसाका, क्योटो र ह्योगोमा सङ्कटकालको घोषणा गर्नुभएको हो ।

सङकटकाल आगामी मे ११ सम्म लागू हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । संकटकालको घोषणा भएपछि बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण गर्न कडा प्रतिबन्ध लगाइएको छ भने ठूला व्यावसायिक प्रतिष्ठानहरू पनि बन्द हुनेछन् ।

जापानमा सुरुका महिनाहरूमा महामारी फैलिएको थिएन । प्रभावकारी रूपमा महामारी नियन्त्रण भइरहेको थियो । तर, पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि भने यहाँ महामारी तीव्र बन्दै गएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा