जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बयलगाडे धरहरा चढेर परिवर्तनगामीहरूलाई दुत्कारेकाे टिप्पणी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट भत्केको पुनर्निर्मित धरहरा उद्घाटन गरेपछि नेता भट्टराईले यस्तो टिप्पणी गरेको हुन्।
उनले ओलीलाई संकेत गर्दै तत्कालीन माओवादी र ७ दलबीच १२ बुँदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै बयलगाडे महावाणीहरू ओकलिरहेको तर्क गरेका छन्।
उनले ट्विटरमा लेखेका छन्, ‘लोकतन्त्र दिवस मनाउँदै गर्दा सबैले याद राखौं (तत्कालीन माओवादी र ७ दलबीच १२ बुँदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो। बयलगाडे महावाणीहरू ओकलिँदै थिए। शक्ति केन्द्रहरू खम्बे नीति फलाक्दै थिए। अनि आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनगामीहरूलाई दुत्कार्दैछन्।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।