नेकपा एमालेले उपनिर्वाचनमा रामबहादुर थापालाई उठाउने घोषणा गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त पदमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाउने बताएका हुन् ।
आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले बादललाई उठाउने बताएको जानकारी गराएको बैठकमा सहभागी एक नेताले बताए ।
जेठ ६ गते राष्ट्रियसभाको रिक्त पदमा उपनिर्वाचन हुँदैछ । बादललाई माओवादी केन्द्र कारबाही गरेपछि उक्त पद रिक्त भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।