शनिबार, साउन ३० २०८३
ताजा अपडेट

माधव नेपालहरूले पार्टी एकता गर्न पहल गरेनन् : केपी ओली


  • शुक्रबार, बैशाख १० २०७८
13.2K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगले कोही आएको भए, त्यो सम्भव नहुने बताएका छन् । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपालहरूले एकताबद्ध बनाउन कुनै पहल नगरेको बताए ।

‘मेरो माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरुसँग भेटघाट भयो । तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसूस र अनुभूति देखिंदैन’, अध्यक्ष ओलीले भने । अध्यक्ष ओलीले पार्टी एकताबद्ध बनाउन दिनरात लागेको पनि बताए । ‘हामी जिम्मेवार र अनुशासित भएकाले यो पार्टी एकता कायम गर्न प्रयास गर्छौ’, उनले भने । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरुको महत्वाकांक्षाकै कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको पनि ओलीले बताए ।

पार्टी विभाजित नभएको भए पनि सम्बन्ध शत्रुतापूर्ण बनिसकेको पनि ओलीले सम्झिए । आफूलाई साधरण सदस्यबाट समेत निष्कासन गरेर सम्बन्धलाई शत्रुतापूर्ण बनाइएको उनले बताए । ‘त्यस्ता व्यक्तिहरु नेतृत्वमा हामी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो, तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन’, ओलीले भने ।

अहिले पनि केही व्यक्तिहरु अराजक ढंगले पार्टीकै नेताहरुविररूद्ध विषवमन गर्ने प्रवृत्ति देखिएको पनि ओलीले बताए । तर, अझै पनि आफू लचिलो हुन तयार रहेको उनको भनाइ छ । ‘म अझै पनि लचिलो भएर आएको छु’, अध्यक्ष ओलीले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा