शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमालेमा बादलको बरियताक्रम चौथो !


  • शुक्रबार, बैशाख १० २०७८
14.5K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले नयाँ स्थायी कमिटी गठन गरेको छ । झलनाथ खनाल र माधव नेपाल पक्षका एक जना पनि नेतालाई समावेश नगरी ओलीले स्थायी कमिटी गठन गरेका हुन्।

स्थायी कमिटीमा वामदेव गौतमलाई भने समावेश गरिएको छ। बिहीबार राती म तपाईंको फुटपरस्त गलत काममा संलग्न छैन भनी बालुवाटारमा ओलीसँग डिनर गर्दागर्दै निस्किएका नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष गौतमलाई स्थायी कमिटीमा समावेश गरिएको हो।

आजको बैठकले एमाले स्थायी कमिटीको अध्यक्षमा पार्टी अध्यक्ष ओली र उपाध्यक्षमा महासचिव इश्वर पोखरेल रहने निर्णय गरेको छ। ओलीपछिको बरियतामा गौतम रहेका छन्, भने तेस्रो बरियतामा पार्टीमा महासचिव ईश्वर पोखरेल छन्।

त्यस्तै एमालेको नयाँ स्थायी समितिमा रामबहादुर थापा ‘बादल’लाई मर्यादाक्रमको चौथो नम्बर दिइएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडी मन्त्री बन्न गएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालाई पनि स्थायी कमिटीमा समेटिएको छ।

हेर्नुहोस् स्थायी कमिटीमा को–को समेटिए?

१. केपी शर्मा ओली

२. वामदेव गौतम

३. ईश्वर पोखरेल

४. रामबहादुर थापा बादल

५. विष्णु पौडेल

६. सुवास नेम्वाङ

७. शंकर पोखरेल

८. प्रदीप ज्ञवाली

९. लेखराज भट्ट

१०. टोपबहादुर रायमाझी

११. सत्यनारायण मण्डल

१२. विष्णु रिमाल

१३. छविलाल विश्वकर्मा

१४. पृथ्वीसुब्बा गुरुङ

१५. रघुबीर महासेठ

१६. किरण गुरुङ

१७. केशव बडाल

१८. पुष्पराज कडेंल

१९. मणि थापा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा