सोमबार, कार्तिक १७ २०८३
ताजा अपडेट

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई निष्कासन गर्ने एमालेको निर्णय


  • शुक्रबार, बैशाख १० २०७८
9.5K
SHARES

फाईल तस्बिर

नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा यी चार जनाले एमाले संसदीय दलको निर्णयविरुद्ध शाहीलाई मत दिएका थिए । पहिले शाहीलाई मत दिएर पछि सच्याउने देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा