बाँकेमा बिहीबार थप ३८८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्। ४८२ जनाको पिसिआर परीक्षण गर्दा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए।
जिल्लाका विभिन्न तीन वटा प्रयोगशाला र जमुनाह नाकामा रहेको एउटा हेल्थ डेस्कमा गरिएको परीक्षणका क्रममा ३८८ जना संक्रमित फेला परेको वलीले बताए।
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गरिएका २७६ जनाको नमूनामध्ये २४८ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परीक्षण गरिएका १०७ जनाको नमूनामा ७३ जना, बागेश्वरीको प्रयोगशालामा परीक्षण गरिएका ७४ जनाको नमूनामा ५९ जना र जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ८ जनामा कोरोना संक्रमण फेला परेको फोकल पर्सन वलीले जानकारी दिए।
संक्रमित अधिकांश बाँके जिल्लाका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।