नेकपा एमालेको नुवाकोट जिल्ला कमिटी बैठक बसिरहँदा प्रहरीले बैठकस्थल छोड्न दबाब दिएको छ।
एमालेभित्रको विवादका कारण लगाइएको ताला फोडेर एमालेका नुवाकोट अध्यक्ष नारायण खतिवडाको समूहले बैठक आयोजना गरेपछि प्रहरीले बैठकस्थल छोड्न दबाब दिएको हो।
नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायण खतिवडा वरिष्ठ नेता माधव नेपाल पक्षधर हुन्।
६५ सदस्यीय जिल्ला कमिटीमा ४५ जना माधव नेपालको पक्षमा छन्। नुवाकोटमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपीशर्मा ओली समूहले समानान्तर कमिटी गठन गरेको छ।
ओली पक्षले बद्री मैनालीलाई अध्यक्ष बनाएको छ। मैनाली २०७५ जेठ २ अघि जिल्ला कमिटीको उपाध्यक्ष थिए।
‘विवाद भए पनि पार्टी कार्यालय दुवै पक्षले प्रयोग गरेका थियौं । तर अहिले भने शक्तिको आडमा हामीलाई निकाल्न खोजिएको छ,’ एमाले नुवाकोटकी सदस्य उषाकिरण तिम्सिनाले भनिन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।