शनिबार, साउन ३० २०८३
ताजा अपडेट

जनमोर्चा नेपाल नेकपा मालेमा समाहित


  • बुधबार, बैशाख ८ २०७८
10.4K
SHARES

सीपी मैनाली/तस्विरः फाइल

काठमाडौं । नेकपा (माले) र जनमोर्चा, नेपालबीच पार्टी एकीकरण भएको छ ।

बुधबार दुर्गाप्रसाद जैसी (महेन्द्र) अध्यक्ष रहेको जनमोर्चा नेपालको सम्पूर्ण पार्टी पंक्ति नेकपा मालेमा समाहित भएको मालेका प्रवक्ता कुमार बेल्बासेले जानकारी दिए ।

नेकपा (माले) स्थायी कमिटीको विस्तारित बैठकले जनमोर्चा नेपालका अध्यक्ष जैसीलाई पार्टीको पोलिटव्युरो सदस्य, महासचिव सूर्य रेग्मीलाई पोलिटब्युरोको वैकल्पिक सदस्य र कोषाध्यक्ष श्रीकृष्ण गौतमलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

बुधबार मालेका महासचिव सीपी मैनालीले एकता प्रक्रियाबाट आएका नेताहरुलाई स्वागत गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा