शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सिनो खाएर ६ दर्जन गिद्ध मरे


  • बुधबार, बैशाख ८ २०७८
28.2K
SHARES

तस्विरः फाइल

नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–४ जितपुरमा झण्डै ६ दर्जन गिद्ध मरेको अवस्थामा भेटिएका छन् । जितपुरको बाँझो जमिनमा बुधवार ६७ वटा गिद्ध मृत भेटिएका हुन् । एउटा गिद्ध भने बिरामी अवस्थामा पाइएको छ । सो क्षेत्रमा भुस्याहा कुकुर मार्न हालिएको विष खाएर मरेको कुकुरको सिनो खाएर धेरै गिद्धहरु मरेको हुनसक्ने आशंका गरिएको गिद्ध संरक्षण राष्ट्रिय संजालका अध्यक्ष तथा पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले बताए ।

स्थानीयबासीले बताए अनुसार मंगलबार अपरान्ह सो स्थानमा देखा परेका गिद्ध सिनो खाएर अचानक बिरामी परेर मर्न थालेका थिए । गिद्धहरु धमाधम मर्न थालेपछि स्थानीयले अध्यक्ष रावतलाई जानकारी दिएका थिए भने रावतले नवलपरासीमा रहेको जटायु रेष्टुरेन्टमा खबर गरे लगतै सो रेष्टुरेन्टबाट प्राविधिक इश्वरी चौधरी घटना स्थलमा पुगि गिद्धको उद्धारमा जुटेका थिए ।

रावतका अनुसार त्यहाँ अति संकटापन्न डंगर गिद्ध ३१ वटा, अति संकटापन्न सानो खैरो गिद्ध १ वटा, संकटापन्न हिमाली गिद्ध ३३ वटा र संरक्षित राजगिद्ध २ वटा समेत गरेर ६७ वटा गिद्ध मरेका छन् । अध्यक्ष रावतका अनुसार बिरामी गिद्धको उपचार भइरहेको छ भने मरेका गिद्धको मुटु झिकेर गिद्ध प्रजनन् केन्द्र कसरा चितवनमा अनुसन्धानको लागि पठाइएको छ । अनुसन्धानपछि गिद्ध मर्नुको एकिन कारण पत्ता लाग्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा