शनिबार, साउन ९ २०८३
ताजा अपडेट

धरहराको राखियो गजुर


  • बुधबार, बैशाख ८ २०७८
16.7K
SHARES

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा नयाँ गजुरको पूजापछि धरहराको टुप्पामा गजुर राख्दै कामदार। तस्वीर :रासस

काठमाडौं । पुनर्निर्मित धरहरामा गजुर राखिएको छ । बुधबार ३३० केजीको गजुर राखिएको नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले अनलाइनखबरलाई बताए । यो गजुरमा ९५ तोला ३ लाल सुनको जलप लगाइएको छ ।

निर्माण सम्पन्न हुन लागेको नयाँ धरहरामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा गजुर राख्नका लागि २१औँ तलामा पूजा गरिँदै । तस्वीर-रासस

२०७२ वैशाख १२ को भूकम्पले धराहरा क्षतिग्रस्त बनेको थियो । भत्किएको धराहरालाई संरक्षण गरेर पराम्परागत शैली झल्कने, तर आधुनिक धरहरा बनाइएको छ ।

धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । धरहरा बनिसकेपनि पार्किङ र बगैँचा लगायतको काम सकिएको छैन ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा