जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कोरोना भाइरस संक्रमण बढेको भन्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।
नेपालगञ्जमा आज राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा, सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा पनि निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
उपमहानगर क्षेत्रमा बुधबारसम्म ७३५ जना सक्रिय संक्रमित पुगिसकेको र अस्पतालहरु बिरामीले भरिभराउ हुन थालेकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन गर्न सिफारिस गरेको थियो । लकडाउनको समयमा दैनिक उपभोग्य वस्तु ओसार पसार गर्ने सवारी साधन विहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
लकडाउनको उल्लंघन गर्नेलाई संक्रामक रोग निवारण ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुरुप कारबाही गरिने प्रजिअ गेलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्ती
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।