शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

सर्वोच्चका दुई न्यायाधीशले लिए सपथ


  • बुधबार, बैशाख ८ २०७८
12.9K
SHARES

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई न्यायाधीशलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ ।

बुधबार सर्वोच्च अदालतमा आयोजित एक समारोहमा न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुँडाललाई सपथ ग्रहण गराउनुभएको हो ।

यसअघि राष्ट्रपति कार्यलयमा गएर सपथ ग्रहण गराउने परम्परालाई तोड्दै सर्वोच्च अदालतमै सपथ ग्रहण गराइएको हो ।

राष्ट्रपति उपस्थित गराउनुपर्ने बाहेकका सपथ अब प्रधानन्यायाधीशले सर्वोच्च अदालतमै गराउने हुनुभएको छ ।

सपथ ग्रहण लगतै न्यायाधीशद्वयले आजैबाट काम थालिसक्नु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चुडाल र सुवेदीलाई सोमबार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नु भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा