नेकपा एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च जाने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणविरुद्ध नेपाल समूह सर्वोच्च अदालत जाने भएको हो ।
आज बसेको नेपाल समूहको बैठकले अध्यक्ष ओलीले पहिलो चरणमा स्पष्टीकरण सोधेका वरिष्ठ नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावललगायत अदालत जाने भएका हुन् ।
नेपाल समुहका स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेका अनुसार अहिले स्थायी कमिटी बैठक जारी छ । जारी बैठकमा सर्वोच्च जाने विषयमा छलफल भएको र बैठक सकिएपछि अदालत जाने पाण्डेले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।