सोमबार, कार्तिक १७ २०८३
ताजा अपडेट

कोरोनाले दाजुको भारतमा मृत्यु, नेपाल फर्केका भाइ पनि रहेनन्


  • बुधबार, बैशाख ८ २०७८
13.5K
SHARES

फाईल तस्बिर

डोटीमा भारतबाट आएर होमक्वारेन्टिनमा बसेका एक युवक मृत्यु भएको छ।

११ दिनअघि भारतको गुजरातबाट फर्केका दिपायल सिलगढी नगरपालिका–१ घटालीका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक इन्द्र मल्लले जानकारी दिए।

उनकाअनुसार भारतमा सँगै काम गर्ने उनका दाजुको कोरोना संक्रमणका कारण गत शनिबार भारतमा मृत्यु भएको थियो।
दाजुको मृत्युपछि घर फर्केका ती युवकको पनि कोरोनाकै कारण मृत्यु भएको आशंका गरिएको छ।

युवकको मृत्युपछि गाउँका स्थानीय त्रसित छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा