शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौँबाट कुवेत जान खोजेका भारतीय नागरिकको साथमा नक्कली पीसीआर रिपोर्ट


  • बुधबार, बैशाख ८ २०७८
8.8K
SHARES

फाईल तस्बिर

काठमाडौँबाट कुवेत जान खोजेका एकजना भारतीय नागरिकको पीसीआर रिपोर्ट नक्कली रहेको खुलेको छ । सोमबारको कुवेत हिँडेका भारतीय नागरिकको पीसीआर रिपोर्ट शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थलमा खटिएका स्वास्थ्य मन्त्रालयका कर्मचारीले गौशाला प्रहरीलाई खबर गरेका थिए ।
भारतीय नागरिक तसलीम अहमदलाई प्रहरीले पक्राउ गरेर पुनः परीक्षण गरायो । पुनः परीक्षण गराउँदा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले बताए । रिपोर्ट पोजेटिभ आएपछि उनलाई कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेशनमा राखिएको छ । टेकु अस्पतालमा चिकित्सक डा. हेमन्त ओझासहितका चिकित्सकको टिमले उनको स्वाब लिएर पीसीआर जाँच गरेका हुन् ।

कोभिड–१९ परिक्षणको नक्कली पीसीआर रिपोर्ट बनाउने ‘सुरिया हेल्थ केयर प्रा.लि’ सिनामंगलका सञ्चालकसहित ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिक तसलीमले देखाएको रिपोर्ट दिने ल्यावबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले नाम खुलाएको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा