नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले बिहीबार राखेको कम्युनिष्ट पार्टी स्थापना कार्यक्रम स्थगित गरेको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिनुभएको हो ।
भट्टरार्ईले कम्युनिष्ट पार्टी स्थापनाको दिन वैशाख ९ गते नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको हो । कोरोना संक्रमण बढेको र सरकारले २५ जना भन्दा बढी भीड नगर्ने निर्णय गरेकाले कार्यक्रम स्थगित गरिएको भट्टराईद्वारा जारी विज्ञप्ति उल्लेख छ ।
तर, कोरोनाको संक्रमण कम भएका जिल्लाहरुमा भने स्वास्थ्य मापदण्ड पालना गरेर कार्यक्रम गर्न आग्रह गरिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।