मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

कारबाहीको शृङ्खलाले पार्टीमा गम्भीर संकट : गोकर्ण विष्ट


  • मंगलबार, बैशाख ७ २०७८
12.8K
SHARES

नेकपा एमालेका नेता गोकर्ण विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान हुन नसक्ने बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेपछि विष्टले यसले पार्टी एकतामा गम्भीर संकट पैदा भएको प्रतिक्रिया दिएका छन् ।

‘यस्ता कारबाहीका शृङ्खलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ’, विष्टले सामाजिक सञ्जालमा लेखेका छन् । एमालेभित्र देखिएको समस्या समाधान गर्न संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुपर्नेमा एकतर्फी र विना कारण कारवही गरिएको  उनले उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्रलाई अलग गरिदिएपछि एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काउनुपर्ने विष्टले बताएका छन् ।

अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट संचालन गरेर नै एकता जोगाउन सकिन्छ’ उनले भनेका छन्, ‘एउटा इमान्दार कार्यकर्ताकोलागि पदीय हैसियत भन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा