बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रले बनाए पहिलो अर्धशतक


  • मंगलबार, बैशाख ७ २०७८
13K
SHARES

फाईल तस्बिर

त्रिकोणात्मक सिरिजमा मंगलबार नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।

१६ औं ओभरको पहिलो बलमा नेदरल्याण्ड्सका कप्तान पिटर सिलारलाई छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरे । उनले २८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । अर्को बलमा पनि छक्का प्रहार गरेका दीपेन्द्र त्यसपछि आउट भए ।

चौथो नम्बरमा ब्याटिङमा आएका उनी ६० रन बनाएर आउट भएका हुन् । उनी आउट भएसँगै खेलमा ४ विकेट गुमाएको छ ।

यसअघि ओपनर कुशल भुर्तेलले ६२ रन जोडेर आउट भएका थिए । त्यस्तै ज्ञानेन्द्र मल्ल २० रन बनाएर आउट भए भने ओपनर आशिफ शेख शून्यमा आउट भएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा