नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। ओली भारतको टाङमुनि छिरेको आरोप देउवाको छ।
उनले यो कुरा देउवाले आज नेविसंघको ५२ औं स्थापना दिवसका अवसरमा काठमाडौंको बालमिकी क्याम्पसमा नेविसंघ केन्द्रीय समितिले गरेको कार्यक्रममा भनेका हुन्।
राष्ट्रवादी बनेर चुनाव जितेका ओली अहिले भारतको टाङमुनि छिरेको देउवाको आरोप छ।
‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको तुमशरणम् भइसक्यो,’ देउवाले भने, ‘भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवाद? त्यसकारण यिनीहरू राष्ट्रवादी होइनन्, अवसरवादी हुन्।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।