शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

मलेसियाविरुद्ध नेपालको शानदार जित, कुशलको लगातार दोस्रो अर्धशतक


  • सोमबार, बैशाख ६ २०७८
10.8K
SHARES

फाईल तस्बिर

राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि शानदार जित निकालेको छ।
ओपनर कुशल भुर्तेल र आसिफ शेखको लगातार उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले सिरिजको दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित हात पारेको हो।

मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र १ विकेटको क्षतिमा १२.१ ओभरमा पुरा गर्‍यो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसतक पुरा गरे। भुर्तेलले ४१ बल खेल्दै ६१ रनमा अभिजित रहे। भुर्तेलले ५ छक्का र ३ चौका प्रहार गरे।
अर्का ओपनर आसिफ शेख अर्धसतक बनाउन ८ रनले चुके। उनी १२ औं ओभरको पहिलो बलमा क्याच आउट भए। उनले २९ बल खेल्दै १ छक्का र ४ चौकाको सहयोगमा ४२ रन बनाए।

पहिलो विकेटका लागि कुशल र आसिफले ११.१ ओभरमा १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार जित हात पारेको हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा