सोमबार, कार्तिक १७ २०८३
ताजा अपडेट

बाँकेमा कोरोना संक्रमणबाट स्टाफ नर्सको मृत्यु


  • सोमबार, बैशाख ६ २०७८
13.1K
SHARES

फाइल तस्विर

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बाँकेको भेरी अस्पतालमा उपचाररत एकजना स्टाट नर्सको मृत्यु भएको छ ।

भेरी अस्पतालका मेसु डा. प्रकाशबहादुर थापाका अनुसार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनअघि उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि ३/४ दिनयता भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । तीन महिनाको सुत्केरी समेत रहेकी उनको उपचारकै क्रममा आज बिहान करिब १० बजे मृत्यु भएको हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा