नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डीला संग्रौलाले कम्युनिष्टले संसदीय व्यवस्थाको खिल्ली उडाएको टिप्पणी गर्नुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. संग्रौलाले दुई तिहाइ नजिकको सरकार चलाउन नसकेर कम्युनिष्टले नेपालको राजनीतिलाई अस्थिरतामा धकेलेको आरोप लगाउनु भयो ।
उहाँले देशलाई निकास दिने काँग्रेसको दायित्व भएको हुँदा ओली सरकार विस्थापित गरेर छिट्टै काँग्रेसले सरकारको नेतृत्व लिने बताउनुभयो ।
पार्टीको महाधिवेशनको क्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा रहेकी संग्रौलाले महाधिवेशन तोकिएकै मितिमा हुने दाबी गर्नुभयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।