पाल्पा कारागारमा एक कैदीबन्दीले आत्महत्या गरेका छन् । भिरकोट नगरपालिका– ७, स्याङ्जाका ३० वर्षीय किसान गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले जानकारी दिनुभयो ।
चोरी मुद्दामा कैद सजाय भोग्दै आएका गुरुङ २०७६ साल जेठमा स्याङजा कारागार हुँदै २०७६ साल माघमा पाल्पा कारागारमा ल्याइएको बताइएको छ । पाँच वर्षका लागि कारागारको सजाय काट्दै आएका गुरुङको शव पोष्टमार्टम गरेर परिवारलाई दिइने पाल्पा कारागारले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।