सोमबार, कार्तिक १७ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीले कांग्रेस महाधिवेशन सर्न सक्ने भन्नु दुर्भाग्यः डा. शेखर


  • सोमबार, बैशाख ६ २०७८
8.1K
SHARES

फईल तस्बिर

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस महाधिवेशनबारे प्रधानमन्त्री केपी शर्माले गरेको कुराप्रति आपत्ति जनाउनु भएको छ ।

डा. शेखरले सर्वदलीय बैठकमा कांग्रेस पार्टीको महाधिवेशनका बारेमा कुरा उठ्नु र प्रधानमन्त्रीले कांग्रेसको महाधिवेशन सर्न सक्ने भन्ने आशयको कुरा राख्नु दुर्भाग्य भएको बताउनु भएको हो ।

डा. शेखरले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘प्रधानमन्त्रीको सरकारी निवासमा भएको सर्वदलीय बैठकमा बिपक्षी दल कांग्रेस पार्टीको महाधिवेशनका बारेमा कुरा उठ्नु र प्रधानमन्त्रीले कांग्रेसको महाधिवेशन सर्न सक्ने भन्ने आशयको कुरा राख्नु दुर्भाग्य हो।’

शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले काँग्रेस महाधिवेशन सर्न सक्ने आशयको कुरा राख्नु भएको थियो ।

डा. शेखरले महाधिवेशन कांग्रेस पार्टीले गर्ने भएकाले यसमा कसैको स्वार्थ स्विकार्य नहुने बताउनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा