शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

शानदार जितसहित बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि


  • आइतबार, बैशाख ५ २०७८
15.9K
SHARES

फाइल तस्बिर

स्पेनिस कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओमाथि ४–० गोलको शानदार जित निकाल्दै बार्सिलोनाले उपाधि जितेको हो ।

सेभिल्लास्थित स्टेडियो डी कार्टुजामा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने एन्टोइन ग्रिजम्यान र फ्रेन्की डी योङले समान एक–एक गोल गरे ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा १२ मिनेटभित्र बार्सिलोनाले चार गोल गरेको थियो । ६०औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए ।

त्यसको तीन मिनेट नबित्दै डी योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ६८औँ मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना ३–० गोलले अगाडि बढ्यो । त्यसको चार मिनेट नबित्दै मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० गोलको जित दिलाए ।

यससँगै बार्सिलोनाले सर्वाधिक धेरै ३१ पटक कोपा डेल रेको उपाधि जितेको छ । यस्तै, बार्सिलोनाले एथ्लेटिकसँग ब्यहोरेको हारको बदला लिएको छ । यसअघि बार्सिलोना र एथ्लेटिकले सुपर कपको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा एथ्लेटिकले बार्सिलोनालाई ३–२ गोलले हराउँदै उपाधि उचालेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा