कोरोनाको संक्रमण एकाएक बढेसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि शैक्षिक संस्था बन्द गर्ने भएको छ ।
शुक्रबारदेखि लागू हुने गरि एक हप्ता शैक्षिक संस्था बन्द गर्न उपमहानगरपालिकाले बिहीवार निर्णय गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका विपद् ब्यवस्थापन समितिको बसेको बैठकले एक साताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन्।
बाँकेमा बुधवार मात्रै एकैदिन १२३ जना नयाँ संक्रमित थपिएको जिल्ला फोकल पर्सन तेज वलीले जानकारी दिए।
एकाएक संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको उपमेयर थापाले सेतोपाटीलाई जानकारी दिइन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।