गण्डकी प्रदेशमा नयाँ सरकार गठनको तयारीमा रहेका दलहरुले मुख्यमन्त्रीले प्रदेशसभा अधिवेशन अन्त्य गर्नु राजनीतिक बेइमानी भएको बताएका छन् ।
नयाँ सरकार गठन गर्न सहमत भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए । तर प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले वैशाख १ को मध्यरातबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेका छन् ।
अधिवेशन अन्त्यका बबजुद नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।