बुधबार, असार ९ २०७८
ताजा अपडेट

छाला सुन्दर बनाउन यी टिप्सहरु !!


  • KTM Khabar
  • बिहिबार, बैशाख २ २०७८
6.4K
SHARES

फाइल तस्बिर

प्रायजसो हामी चलचित्र वा टेलिभिजन स्क्रिनमा देखिएका कलाकार तथा प्रस्तोतालाई आर्कषक देख्दछौ । उनीहरुको त्वचाको सुन्दरताले हरेकलाई प्रभावित पार्दछ । सेलिब्रेटि झै सुन्दर देखिने हामी केहि टिप्सहरु दिँदैछौ, जसलाई अपनाएर तपाई पनि आफ्नो त्वचा सुन्दर पार्न सक्नुहुन्छ ।

१ छालालाई सफा तथा चम्किलो देखाउन नियमित रुपमा क्लिन्जिङ गर्नुपर्ने हुन्छ । यसले हाम्रो त्वचामा निखार ल्याउदछ । क्लिन्जिङले हाम्रो छालाबाट धुलो निकाल्न मद्दत गर्दछ र छालालाई अतिरिक्त चिल्लो प्रदान गर्दछ ।

२ त्वचाको सुन्दरता बढाउन नियमित टोनिङ र मस्चुराइजिङ समेत गर्नुपर्दछ । टोनरले तेललाई निकालेर पोर्स बन्द गर्छ । तर टोनरमा गुलाब जल मात्र प्रयोग गर्नुहोला ।

३ हरेक साता अनिवार्य एकपटक स्क्रबिङ गर्नुहोला । यसले अनुहारमा रहेको मृत त्वचालाई निकाल्ने काम गर्दछ । स्क्रबिङका लागी ओलिभ आयलमा थोरै चिनि हाली स्क्रब गर्दा यसले त्वचालाई लाभ गर्दछ ।

४ यदि तपाईको छालामा चमक छैन भने भिटामिन सि सोरमले मसाज गर्नुहोस् । भिटामिन सी सोरमले छालामा चमकपना ल्याउन मद्दत गर्दछ ।

५ तपाईंको छालालाई नरम बनाउनका लागि नरिवलको तेलले अनुहार मालिस गर्नुहोस् । दैनिक राती सुत्नुभन्दा अगाडि यसो गर्नाले तपाईंको छाला नरक हुने गर्दछ ।

६ छाला सुन्दर बनाउने उपायसंगै छालाको सुरक्षँमा पनि उत्तिकै ध्यान दिनुपर्छ । त्यसैले बाहिर निस्कदा सधै सनस्क्रिन क्रिमको अनिवार्य प्रयोग गर्नुहोस् । यसले छालामा पर्ने सूर्यको यूभी किरणबाट बचाउने गर्दछ ।

७ छाला सुन्दर बनाउन सधै सन्तुलित तथा भिटामिन युक्त आहार खानुपर्छ । दैनिक फलफुल तथा सागपातको सेवन गर्नुपर्छ । दैनिक ४ लिटर भन्दा बढि पानी पिउने बनि बसाउनुहोस् । साथै पर्याप्त निदाउने गर्नुपर्दछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा