मंगलबार, कार्तिक १८ २०८३
ताजा अपडेट

कोरोनाले भयाबह अबस्थालिने संकेत, टेकु अस्पतालले कोभिड बिरामीको मात्र उपचार गर्ने


  • मंगलबार, चैत्र ३१ २०७७
10.5K
SHARES

फाईल तस्बिर

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले मंगलबारदेखि कोभिड उपचार सेवामात्र दिने जनाएको छ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार अस्पतालको अन्तरंग सेवाअन्तर्गत अब कोभिड बिरामीको मात्र उपचार गरिने छ।

पछिल्लो समय कोरोना संक्रमण बढेका कारण अस्पतालको अन्तरंग सेवालाई कोभिडको मात्र उपचार सेवा दिने गरी व्यवस्था गरिएको निर्देशक राजभण्डारीले बताए।

‘आजदेखि ननकोभिड सेवा बन्द गरेका छौं। अन्तरंग सेवालाई कोभिडमय बनाएका छौं,’ उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा