मंगलबार, कार्तिक १८ २०८३
ताजा अपडेट

दैनिक ११ हजार संक्रमित हुन सक्छन् : स्वास्थ्य मन्त्रालय


  • मंगलबार, चैत्र ३१ २०७७
8.3K
SHARES

फाईल तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा दैनिक ११ हजार संक्रमित पुग्ने प्रक्षेपण गरेको छ ।

जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । ‘नहोस् तर अहिलेको ट्रेण्डका आधारमा यो प्रक्षेपण गरिएको हो’ उनले भने, ‘त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।

अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीले बताए । संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरिएको उनले बताए ।

उनका अनुसार विदेशबाट आएकाहरुलाई मुख्य नाकामा नै टेष्ट गर्ने र संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति बनाइएको छ । यसका लागि मुख्य नाकामा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने प्रक्रिया शुरु भएको मन्त्री त्रिपाठीले बताए ।

काठमाडौं उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राख्न भनिएको भन्दै स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘हाम्रो प्रयत्न मुलुकलाई फेरि बन्दाबन्दीमा पुग्न नदिने हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा