शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बलात्कार मुद्दामा बयान फेर्ने युवतीलाई एक महिना कैद र ७५ हजार रुपैयाँ जरिवाना


  • मंगलबार, चैत्र ३१ २०७७
10.4K
SHARES

बलात्कार मुद्दामा अदालतमा बयान फेर्ने एक युवतीलाई दाङ देउखुरी जिल्ला अदालते जेल पठाएको छ।

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा मुद्दा दायर गरेकी युवतीले अदालतमा बयान फेरेपछि ती युवतीलाई  कैद सजायका साथै आर्थिक जरिवाना पनि गरिएको छ।

घोराहीकी ती युवती र एक बालिकाले गत असोज १९ गते जिल्ला प्रहरी कार्यालय दाङमा तीन जना युवाले आफूहरूमाथि सामुहिक बलात्कार गरेको भन्दै उजुरी दिएका थिए।

उक्त मुद्दा अदालत पुगेपछि तीनै युवा पुर्पक्षका लागि थुनामा गएका थिए। तर, बकपत्रमा युवतीले आफूमाथि बलात्कार नभएको बरू ती युवालाई दुःख दिनका लागि बलात्कारको झुठो उजुरी दिएको बयान गरेकी थिइन।

बयान फेर्ने महिलाविरूद्ध जिल्ला न्यायाधीश रितेन्द्र थापाको एकल इजलासले चैत २३ गते एक महिना कैद र तीनै जना पीडित युवाको पक्षमा क्षतिपूर्तिवापत् जनही २५/२५ हजार गरी ७५ हजार आर्थिक जरिवाना उपलब्ध गर्न आदेश दिएको छ।

अदालतको आदेशसँगै युवती हाल सजाय भुक्तान गर्न काराबास पठाइएकी छन्।

अदालतको समय बर्बाद गरेको, राज्यको जनशक्ति र स्रोत क्षति पुर्‍याएको ठहरसहित ती महिलालाई एक महिना कैद र ७५ हजार जरिवानाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार धनसिंह गिरीले सेतोपाटीलाई बताए।

जाहेरीवाला मध्य अर्की एकजना भने नाबालिक भएको हुँदा अदालतले छोड्न आदेश दिएको पनि गिरीले जानकारी दिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा