सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको मिनी–इलाम भनेर चिनिने भोटचौरको चिया गार्डेनमा आगलागी भएको छ ।
आइतबार बिहान ११ बजेदेखि लागेको आगोले चियाको बोट जलेर नष्ट भएका छन् ।
आइतबार नै स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा आए पनि चिया बगानमा ठुलो क्षती भएको छ ।
आगलागीले एभरेष्ट टि गार्डेन प्रा.ली.को सात हजार चियाका बोट नष्ट भएको छ भने जसबाट पाँच करोड रुपैया बराबारको क्षति भएको अध्यक्ष मोहन कुमार गिरीले केटिएम खबरलाई जानकारी गराए ।
स्थानियहरुको सहयोगका कारण आगोलाई नियन्त्रणमा ल्याएका छौँ यद्यपी चिया बगानलाई भने ठुलो क्षती पुगेको छ अध्यक्ष गिरीले भने ।
हेर्नुहोस् भिडियोमाः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।