मंगलबार, कार्तिक १८ २०८३
ताजा अपडेट

विद्वत् वर्गका सुझाव नीति निर्माणमा उपयोगी’


  • मंगलबार, चैत्र ३१ २०७७
8.6K
SHARES

फाईल तस्बिर

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विद्वत् वर्गका अनुसन्धानमूलक सुझाव एवं अध्ययन प्रतिवेदन विकासका अवरोध हटाउन तथा नीति निर्माणमा उपयोगी हुने बताएका छन् ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवको आज बिहान राजधानीमा उद्घाटन गर्दै मन्त्री ज्ञवालीले मुलुकको दिगो विकासका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री ज्ञवालीले भने, “उन्नत समाज निर्माण तथा नागरिकहरूमा शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवाका साथै विकासको प्रतिफल उनीहरूमाझ पुर्‍याउन सरकार क्रियाशील छ तर विकासका समस्या पूर्णरुपमा समाधान हुनसकेका छैनन् ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समाजका हरेक वर्ग, पेशा–व्यवसायका व्यक्तिलाई इमानदारीपूर्वक आ–आफ्नो क्षेत्रबाट योगदान गर्न गरेको आग्रहको स्मरण गर्दै उनले राष्ट्र निर्माणलाई केन्द्रमा राखेर सरकारले हरसम्भव काम गरिरहेको बताए ।

मन्त्री ज्ञवालीले विकास नीतिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले अल्पविकसित राष्ट्रको सूचीबाट नेपालको स्तरोन्नतिका निम्ति गरेको सिफारिश नेपाल र नेपालीका निम्ति गौरवको विषय भएको बताउँदै विकासशील राष्ट्रमा रुपान्तरण हुन अझै धेरै काम गर्न बाँकी रहेको यथार्थ सुनाए । उनले सन् २०३० अगावै राष्ट्रसङ्घले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिल गर्नुपर्ने चुनौती पनि थपिएको बताए ।

उनले भने, “दृढ सङ्कल्पका साथ लागेपछि जस्तासुकै चुनौतीलाई परास्त गर्नसकिन्छ विकास अनुसन्धान प्रतिष्ठानजस्ता प्राज्ञिक समूहहरूको साथ र सहयोग त्यस निम्ति अपरिहार्य छ ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा