मंगलबार, कार्तिक १८ २०८३
ताजा अपडेट

दुई महिनासम्म संगठन र संघर्षसम्बन्धी अभियान चलाउने वैद्य माओवादीको निर्णय


  • मंगलबार, चैत्र ३१ २०७७
10.7K
SHARES

मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संगठन तथा संघर्षसम्बन्धी अभियान चलाउने भएको छ ।

यही चैत २८ र २९ गते बसेको पोलिटव्युरो बैठकले आगामी बैशाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागीहरुले संगठन तथा संघर्षसम्बन्धी कामको समीक्षा र आगामी कामबारे रिपोर्टिङ गरेका थिए । उनीहरुले कामको वस्तुगत आवश्यकता तथा आत्मगत स्थितिकाबीच अन्तरविरोध रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि विशेष प्रयत्न गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यसैले बैठकले सबै प्रदेशहरुमा पार्टीको प्रशिक्षण लगायतका कार्यक्रम सन्चालन गर्ने निर्णयसमेत लिएको छ ।

साथै राष्ट्रिय स्वाधिनताको रक्षा, जनजीविकाका समस्याको समाधान, महँगी लगायतका मुद्दा उठाएर विकेन्दि्रत तथा केन्दि्रत संघर्षका कार्यक्रम गर्ने निर्णय गरिएको नेकपा क्रान्तिकारी माओवादीले जनाएको छ ।

सो पार्टीका महासचिव किरणद्वारा जारी विज्ञप्तिमा संयुक्त मोर्चा तथा कार्यगत एकतामा सम्मिलित राजनीतिक दलहरुबाट संघर्षका कार्यक्रम सन्चालनका लागि पहल गर्ने उल्लेख छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा