शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बस पर्खेर बसेका वृद्धलाई टिपरले ठक्कर दियो, उठ्दाउठ्दै ब्याक गरेर मार्‍यो


  • मंगलबार, चैत्र ३१ २०७७
5.9K
SHARES

फाईल तस्बिर

बस पर्खेर बसेका इटहरीका एक वृद्धलाई टिपरले किचेर मारेको छ।

कोशी राजमार्ग अन्तर्गत इटहरी-१ आँपगाछीमा बस कुरेर सडकमा उभिइरहेका ८२ वर्षीय कर्णबहादुर गुरूङलाई टिपरले किचेर मारेको हो। गुरुङ सोही ठाउँका स्थानीय हुन्।

प्रदेश १-०२-००१ ख ८६६५ नम्बरको टिपरले गुरुङलाई ठक्कर दिएर मारेको प्रहरीले जनाएको छ।

सुनसरी प्रहरीका अनुसार आइतबार अपराह्न गुरूङलाई टिपरले सुरूमा ठक्कर दियो। सामान्य ठक्कर दिएपछि उठ्दै गरेका गुरूङलाई ब्याक गरेर किच्यो।

ब्याक गरेर किचेपछि गुरूङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपरमा क्रसरबाट बालुवा लिएर २९ वर्षीय अनिल चौधरी आँपगाछीसम्म गएका थिए।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा