प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए ठेगान लाउने चेतावनी दिदै आफुलाई कसैको समर्थन नचाहीएको सक्ने भए समर्थन फिर्ता लिन चुनौति समेत दिएका छन ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूविरूद्धका सबै विरोध र टीकाटिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिएका हुन्।
उनले पार्टीलाई ध्वस्त पार्ने प्रयास भयोे भने ‘ठिक लगाउने’ चेतावनी दिए।
उनले भने, ‘पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने। बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन। पार्टीमाथि धावा बोल्नुभयो भने ठिक लगाइने छ। बोलिरहनुभएको छ तर म सीमा हेरिहेको छु। तपाईंहरूलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।