बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

विभूषणमा नयाँ नक्सा किन छुट्यो ? प्रधानमन्त्रीको जवाफ चाहियो : पुष्पा भुसाल


  • सोमबार, चैत्र ३० २०७७
17.9K
SHARES

फाईल तस्बिर

राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा सरकारले गम्भीर त्रुटी गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ ।

सोमबार संसदको विशेष समयमा सचेतक पुष्पा भुसालले विभूषणमा नेपालको संसोधित नक्सा नराखिएकोमा आपत्ति जनाइन् । भूमि फिर्ता ल्याउन सरकार गम्भीर नभएको, पाठ्यक्रममा समावेश गर्न रोकिएको र नेपाली भूमिमा पूर्वाधार निर्माणका काम भइरहदा पनि उपयुक्त कदम नचालिएको उनको आरोप छ ।

२७ गते राष्ट्रपतिबाट प्रदान भएको विभूषणमा नयाँ नक्सा नरहेको भन्दै उनले भनिन्, ‘गम्भीर भूल सरकारले किन गरेको छ भन्ने संसदले जान्न खोजेको छ । संसदमा आएर यसको जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छौं ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा