अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका राजनीतिक समस्या संवैधानिक रुपमै समाधान हुने हुँदा लगानीकर्ताले चिन्तित हुनु नपर्ने बताएका छन् । विश्व बैंकद्वारा सार्वजनिक गरिएको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राजनीतिक रुपमा देखिएका सबै समस्या संवैधानिक तवरबाटै हल हुने बताएका हुन् ।
त्यसअघि विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा उत्पन्न राजनीतिक परिस्थितिले लगानीकर्तामा अन्यौल सिर्जना गरेको उल्लेख थियो ।
कोरोना भाइरसको महामारीका बीच उत्पन्न राजनीतिक अन्यौललाई विश्व बैंकले समेत चासोका साथ हेरेको छ । त्यस चासोलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोना महामारीको दोस्रो वेवबाट नेपाली जनता र अर्थतन्त्रलाई बचाउन समेत सरकार क्रियासिल रहेको बताए ।
‘निरन्तर वृद्धि भइरहेको नेपालको अर्थतन्त्रलाई कोभिडले असर गरेको छ,’उनले भने ‘यो समस्यालाई यहाँहरुको उत्साह र समर्थनबाट नेपाल सरकारले सुझबुझ पूर्ण तरिकाले समाधान गरिरहेको छ ।’
उनले एक पटक खोप लगाएका नागरिकलाई दोस्रो डोज खोप वितरण गर्न र एक पटक पनि नलगाएका नागरिकलाई खोप उपलब्ध गराउन सरकारले काम गरिरहेको समेत बताए ।
अर्थमन्त्रीको संयोजकत्वमा आर्थिक आर्थिक पुनरुत्थान, पुनसंरचनाबारे सुझाव दिन परामर्श समितिले काम गरिरहेको जानकारी गराउँदै अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्र र विकास साझेदार संस्थासँग समन्वय गरेरै अगाडी बढ्ने उल्लेख गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।