शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रदेशसभा बैठक : सभामुखले बोलाउँदा मुख्यमन्त्री गएनन्


  • सोमबार, चैत्र ३० २०७७
12.1K
SHARES

फाईल तस्बिर

प्रदेश १ संसदमा देखिएको समस्या समाधान गर्न प्रदेश १ सभामुखले बोलाएको छलफलमा नगएका मुख्यमन्त्री शेरधन राईले छुट्टै सर्वदलीय बैठक बोलाएका छन् ।

सोमबार प्रदेशसभा बैठक बस्नुअघि मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रतिपक्षी दलहरुले सोमबारको बैठक पनि अवरोध गर्ने बताएपछि मुख्यमन्त्री राईले सोमबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका हुन् । ‘हिजो बोलाइएको छलफलमा मुख्यमन्त्री सहभागी नभएपछि हाम्रो असहमति रह्यो, छलफल निष्कर्षमा पुगेन’ माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘आज मुख्यमन्त्रीले मुख्यमन्त्री कार्यालयमा सर्वदलीय छलफल बोलाउनुभएको छ ।’

प्रदेश १ को प्रदेशसभाको साताैं हिउँदे अधिवेशनको छैटाैं बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गरेका थिए । चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग राखेका दलहरुले सोमबार बस्ने सातौं बैठक पनि अवरोध गर्ने तयारी गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा