बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

टिकटक बनाउन कर्णाली पुलबाट हाम फाल्दा एक किशोर बेपत्ता


  • आइतबार, चैत्र २९ २०७७
12.3K
SHARES

फाईल तस्बिर

कैलालीको कर्णाली पुलबाट टिकटक बनाउन तीन जनाले हाम फाल्दा एक जना बेपत्ता भएका छन् । शनिबार दिउँसो तीन जनाले नदीमा हाम फालेका थिए ।

ती मध्ये लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन् ।
उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय वीरेन्द्र सिंहलाई सकुशल उद्दार गरिएको छ ।

प्याकुरेल घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरू तिनै जना कक्षा १० मा अध्यनरत छन् ।

टिकटक बनाउन भन्दै नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय लम्कीमा प्रमुख प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा