प्रतिनिधिसभा पुनर्स्थापनापछि नयाँ सरकार गठनका लागी पहल कदमी भएको अबस्थामा भाबी प्रधानमन्त्रीको रुपमा नेपाली कांग्रेसका बरिष्ठनेता पुर्बमहामन्त्री प्रकासमान सिंह भाबि प्रधानमन्त्रीको रुपमा चर्चा सुरु भएको छ ।
कांग्रेस पर्टीले आफ्नै नेत्रीत्वमा सरकार बनाउन पहल गर्ने निर्णय संगै सिंहको चर्चा भएको हो । काठमाण्डौ क्षेत्रनम्बर १ बाट चुनाब जितेका सिंह काग्रेस भित्र निष्ठाको राजनितिगर्ने निस्कलंक छबी भएका नेताको रुपमा चिनिन्छन । उनि लौह पुरुष गणेसमान सिंहका पुत्र समेत हुन ।
पर्टी राजनितिमा तल्लो तहदेखि काम गर्दै पार्टी माहामन्त्री तथा उपप्रधानमन्त्री भैसकेका सिंहको छबी कार्यकर्तामाझ निस्कलंक र कुनै बिबादमा नपरेका कारण पनि उनलाई भाबी प्रधानमन्त्रीको रुपमा हेर्न थालिएको नाम नबताउने सर्तमा एक जानकार बताउछन ।
कांग्रेस भित्र प्रकासमान रामचन्द्र पौडेल समुहमा रहेका छन । यसपटक रामचन्द्र पौडेलले चुनाबमा पराजय भोगेकोकारण पनि प्रकासमान बलियो देखिएका हुन ।
सजिलो छैन पार्टी मिलाउन
यता कांग्रेस सभापति शेरबहादुर देउबा संगठनिक रुपमा बलियो पोजिसनमा छन । देउबाको पनि प्रधानमन्त्री बन्ने चाहाना भएको खण्डमा प्रकासमान हुने संभाबना न्युन रहेता पनि सभापति देउबा बिभिन्न कुराहरुले गर्दा जनताको माझ अनपपुलर हुदै गएको अबस्थाले सिंहको संभाबना छ ।
फेरी कांग्रेस पार्टी फुटेको अबस्थामा नेता सिंह देउवा सभापति हुदा उपसभापति रहेको कारण अन्तीम्मा शेरबहादुरले चुनाबपछि प्रधानमन्त्री बन्ने चाहानाले प्रकासमानलाईनै प्रधानमन्त्रीको रुपमा अघि सार्न सक्ने अबस्था आएको खण्डमा सिंहको संभाबना बलियो छ ।
उता कोईरा परिवार भित्र पारीबारीक तालमेल नमिले जस्तो देखिएको कारण पनि सिंहलाई फाईदा पुग्ने देखिन्छ । एक जानकार नाम नबताउने सर्तमा भन्छन, कांग्रेस पार्टी अधिबेसनको मुखमा रहेको देउवा फेरी सभापतिको उम्मेद्वार बन्ने र प्रकासमानलाई मिलाएको खण्डमा स्वत सभापति जित्ने भएका कारण पनि देउवाले प्रकासमानलाईनै प्रधानमन्त्रीको उम्मेद्वार बनाउन सक्ने अबस्था हुन सक्छ । उनि भन्छन यही भन्ने स्थिति नरहे पनि देउबाको बिकल्प कोही छ भने प्रकासमान सिंहमात्रै हुन ।
उता युवानेत्रीत्व पनि देउबालाई भन्दा प्रकासमानलाईनै सर्थन गर्ने मनसाय बुझिन्छ । गगन थापा लगएतका नेताले संसदीय चुनाबमा देउबालाई भोट हाले पनि गगनको मनसाय पार्टी प्रबक्ता बन्ने रहेको र देउवाले उनलाई पार्टी प्रबक्ता नबनाई बिस्वप्रकासलाई नियुक्त गरेको झोका गगनमा पनि रहेको कारण गगन लगाएतका नेतापनि सिंहलाई सघाउन सक्छन ।
एकजानकार भन्छन कांग्रेस पार्टी माहाधिबेसनको मुखमा रहेको कारण शक्ति सन्तुलनको हिसाबले प्रकासमान कांग्रेसपार्टीको नेत्रीत्वमा सरकार बन्यो भने, प्रधानमन्त्रीको प्रमुख दाबेदार हुन । संसदिए चुनाबताकानै सभापति देउबालाई टक्कर दिएर सिंहले देउबाको बिकल्प म हु भन्ने संदेस पनि दिई सकेका छन ।