माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो फेसबुकमा सार्वजनिक गरेक । ‘आमा’ क्याप्सन लेखेर सार्वजनिक गरिएको फोटोमा सीता दाहाल पहिले भन्दा धेरै कमजोर र दुब्लाएकी देृखिएको छ ।
सीताको फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जिज्ञासा राख्दै स्वास्थ्यलाभको कामना गरेका छन् । प्रचण्ड पत्नी सीता हाल चितवनमा छिन् ।
आमाको स्वास्थ्य अवस्था सामान्य नै रहेको छोरी गंगा दाहालले बताएकी छिन् । उनले भनिन्, ‘आमाको स्वास्थ्य अवस्था सामान्य नै छ । फोटो हेरेपछि धेरै मान्छेहरु आत्तिएका छन्, त्यस्तो बिग्रिएको छैन । तौल केही घटेको छ ।’ दाहालमा विगत ४ वर्षदेखि पार्किन्सनको स्वास्थ्य समस्या रहेको छ । उनी दुर्लभ स्वास्थ्य समस्याका रुपमा रहेको प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पी.एस.पी) बाट पीडित रहेकी छिन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।