बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

हरिद्वार पुगे पूर्व राजा ज्ञानेन्द्र


  • आइतबार, चैत्र २९ २०७७
12.5K
SHARES

फाईल तस्बिर

पूर्व राजा ज्ञानेन्द्र शाह हरिद्वार पुगेका छन् । हरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आज बिहान ९ बजे वैदिक मन्त्रोच्चारण साथ पूर्व राजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको छ।

अखिल भारतीय अखाड़ा परिषदका अध्यक्ष श्री महंत नरेंद्र गिरी एवं मनसादेवी मन्दिर ट्रस्टका अध्यक्ष श्री महंत रविन्द्र पुरी लगायतका अन्य थुप्रै साधु संतले उनलाई स्वागत गर्दै आशीर्वाद दिने छन् ।

ज्ञानेन्द्र शाहले कार्यक्रमलाई सम्बोधन गर्ने छन् । उनी आज र भोलि हरिद्वारमै रहने कार्यक्रम छ । आज साँझ उनको दश हजार साधु सन्यासीसँग भोजन गर्ने पनि कार्यक्रम रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा