यो धर्तीमा जतिपनि मान्छे छन प्राय सबैलाई सुख नै चाहीएको छ । आनन्दनै चाहीएको छ । तर आनन्द के लाई भन्ने ? सुख के लाई भन्ने ? पैसालाई सुख मान्ने पदलाई सुख ठान्ने ठुलो जमात आखै अगाडि खडा हुन्छ ।
बस्तमा पद प्रतिष्ठा मान सम्मान पैसा सुख हो त ? यो बिचारणीय प्रस्न त खडा भएकै छ । यहा मान्छे अर्काको कुराको पछाडि लागेर झन झन दुखी हुदैछ । छिमेकीले अग्लो घर बनायो मेरो होचो घर भयो, छिमेकीको छोरोले पैसा कमायो,मेरोले कमाएन जस्ता कुराले मान्छेलाई झन झन दुखि बनाउदैछ । मान्छे साच्चिकै सुख र आनन्द संग बाच्ने हो भने तुलना गर्न चटक्कै छौड्नु पर्छ ।
हरेक मान्छे यो धर्तिमा आफ्नै क्षमता लिएर आएको हुन्छ । प्रयत्न गर्यो भने नपाउने कुनैपनि सुख छैन यो धर्तिमा । पद पैसा पावर धर्म अर्थ काम मोक्ष सबै प्रप्त हुन्छन तर सबै भन्दा पहिले अरुका नकरात्मक कुरालाई ध्यान नदिएर आफ्नै किसिमले काम गर्नु जरुरी छ । यो बिषयमा एउटा लोक कथा तपाईलाई प्रस्तुत गर्दै छौ ।
प्राचिन समयमा एक सन्त आफ्ना शिष्यसँग कुनै एक गाउँमा कुटि बनाएर बस्दथे । जब आसपासका मानिसहरुलाई उनीहरुको बारेमा थाहा भयो, तब सन्तकोमा उनीहरु पुग्न थाले । सन्त धेरै विद्वान थिए । मानिसहरु आफ्ना समस्या बताउँथे र सन्त तिनको हल । सन्त आफ्नो उपदेशको कारण प्रसिद्ध भएका थिए । यसबाट उनका शिष्यपनि खुसी थिए ।
सो गाउँमा एक पण्डित पनि थिए । उनलाई आफ्नो भविश्यको चिन्ता भइरहन्थ्यो । उनलाई सन्तले मानिसहरुको भरोसा जितिरहेको सोच्दथे । यसबाट उनको यजमान कम हुनेछ, मानिसहरु पूजा पाठ गराउँदैनन् । पण्डित आफ्नो प्रभाव कम हुने खतरा महशुष गरिरहेका थिए । उनले मानिसहरुसँग सन्तको बारेमा नराम्रो भन्न सुरु गरे ।
केहि दिनमा गाउँका धेरै मानिस पण्डितको साथमा गए र सन्तलाई ढोंगी भन्न थाले । एकदिन सन्तका शिष्यले यो कुरा सुने । उनी तुरुन्तै गुरुकोमा पुगेर सुनाए ।
सन्तले शिष्यलाई भने, जब हाती कुनै गाउँमा आउँछ, कुकुरहरु भुक्छन् । तर हाती आफ्नो चालमा हिँडिरहन्छ । ठिक यसरी नै हामीले पनि यस्ता नकारात्मक कुरामा ध्यान दिनु हुँदैन । हामी केवल आफ्नो काम इमान्दारीले गर्नु पर्दछ । यदि अर्काको कुरामा ध्यान दिए जीवनमा सुख-शान्ति कहिल्यै प्राप्त हुँदैन ।
त्यसैले अर्काको कुरामा ध्यान नदिई,लगनसिल भएर आफ्नुकाम गरौ कहिल्यै दुखी बन्नु पर्दैन ।