आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

कोरोना संक्रमण ह्वात्तै बढेपछि दिल्लीमा कडा प्रतिबन्ध घोषणा


  • आइतबार, चैत्र २९ २०७७
15.1K
SHARES

फाईल तस्बिर

कोरोना संक्रमणदर निकै बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा कडा प्रतिबन्ध घोषणा गरिएको छ।

दिल्ली सरकारले शनिबार बेलुकी संक्रमण रोकथामका लागि निकै कडा फैसला कार्यान्वयनमा ल्याएको भारतीय मिडियाहरूले जनाएका छन्।

स्थानीय प्रशासनले सामाजिक, राजनीतिक, खेल र मनोरञ्जनसँग जोडिएका सबै प्रकारका गतिविधि गर्न रोक लगाएको छ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदमा हिस्सा लिने खेलाडी बाहेक अरूलाई स्वीमिङ पूल प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। दिल्लीमा यतिखेर गर्मी निकै चढेको छ।

दिल्ली विपद् प्रबन्धन प्राधिकरणको आदेशानुसार अब विवाहमा ५० र अन्तिम संस्कारमा २० जनाभन्दा धेरै मानिस सहभागी हुन पाउने छैनन्। रेस्टूराँ र बार सञ्चालकहरूले कूल क्षमताभन्दा ५० प्रतिशत कम ग्राहकलाई मात्र प्रत्यक्ष सेवा दिन पाउनेछन्।

दिल्लीका सबै कलेज र कोचिङ संस्थाहरू बन्द गराइएको छ। सार्वजनिक सवारीसाधनहरूमा ५० प्रतिशत सिटमा मात्रै यात्रु राख्न थालिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा