नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको आह्वानमा बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुको पनि सहभागिता रहने छ ।
पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे पश्चातलाई बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न सभपाति देउवाले बैठक बोलाउनुभएको हो ।
आजको बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुने भएको छ । साथै माओवादी केन्द्र र जसपासँग सत्तासमिकरणका लागी भइरहेको छलफलको समिक्षा तथा थप रणनीति तय गर्ने जनाइएको छ ।
मुख्यसचिव पौडेलका अनुसार बैठकमा १४ औं महाधिवेसनलाई केन्द्रबिन्दुमा राखेर नेताहरुबीच छलफल हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।