प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधी र अस्थिरता निम्त्याउन खोज्नेहरु सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाएका छन् ।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले उल्लेख्य काम गरिरहेको बताए । अहिले सरकार परिवर्तन गर्न खोजिएको भन्दै उनले भने, ‘सरकार किन परिवर्तन गर्नुपर्यो ? पुनर्निर्माणका काम अघि बढिरहेकाले हो ? कि अरु केही कारण छन् ?
एक हप्तामा ८ औद्योगिक क्षेत्र तथा एकैदिन ३०९ वटा अस्पताल, १६५ सडक शिलान्यास गरेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरुले संसदीय अंकगणितलाई व्यक्तिगत स्वार्थमा दुरुपयोग गर्न खोजेको बताए ।
तर राजनीतिमा देखिएका शकुनिहरुलाई आफूले ठेगान लगाउने उनले बताए । ‘अस्थिरताका लागि संसदको अंकगणित दुरुपयोग गर्न खोज्ने प्रयासहरु सकारात्मक होइनन् । देश हितमा छैनन् । विकासको पक्षमा छैनन्’ उनले भने, ‘यस्ता कुराहरुलाई मै ठेगान लगाइहाल्छु । तपाईंहरु आफ्नो काममा लाग्नुहोस् ।’
सरकार जान्छ कि भन्ने पीर नभएको भन्दै उनले १८/२० महिनापछि चुनावबाट आउने बताए । उनले भने, ‘त्यसपछि अंकगणितलाई वरपर पार्न खोज्ने खालका शकुनिका गोटी पनि फ्याँकिने छन् । गोटी नै फ्याँकिदिएपछि शकुनिले के लडाउँछ ?’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।