बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

लोकतन्त्रमाथि खतरा छ, कांग्रेसले नेतृत्व लिनुपर्छ : पूर्व-राष्ट्रपति


  • शनिबार, चैत्र २८ २०७७
12.4K
SHARES

फाईल तस्बिर

पूर्व-राष्ट्रपति रामवरण यादवले अहिले लोकतन्त्रमाथि खतरा रहेको भन्दै लोकतन्त्रको रक्षाका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने बताए। राजनीतिज्ञ एवं समाजसेवी तिलकप्रसाद सापकोटाको ‘यात्रा निरन्तर’ पुस्तकको विमोचन गर्दै यादवले कांग्रेसले नेतृत्व लिएर अहिलेको अवस्थाको समस्या समाधान गर्नुपर्ने बताए।

‘नेपालको लोकतन्त्रको नागरिक जग मजबुत छ’, उनले भने, ‘नेपाली जनताको चेतनाको जग धेरै बलियो छ।’ प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भंग गरेपछि नागरिक समाज र मिडियाहरु संसद विघटन विरुद्ध उठेको स्मरण गर्दै उनले लोकतन्त्रको जग बलियो रहेको बताए।

‘कांग्रेसले लिडरसिप लिनु हुँदैन?’, उनले प्रश्न गरे, ‘पार्टी विधि ढंगले चलोस्। अहिले लोकतन्त्रमाथि खतरा छ। कांग्रेसले लिडरसिप लिएर यसलाई हल गरोस्।’ लोकतन्त्रको रक्षाका लागि कांग्रेसले विगतमा पनि नेतृत्व लिएको बताउँदै उनले लोकतन्त्रको लामो इतिहास पार गरेको पार्टीले अहिले पनि नेतृत्व लिनुपर्ने बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा