बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

ओलीसँगको लडाइँ सिद्धान्त, सत्य र न्यायका लागि हो,२० भोटले हारेको अध्यक्ष चाईदैन : नेपाल


  • शनिबार, चैत्र २८ २०७७
15.5K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका बरिष्ठनेता माधब कुमार नेपालले ओलीसँगको लडाइँ सिद्धान्त, सत्य र न्यायका लागि हो भन्दै २० भोटले हारेको अध्यक्ष चाईदैन भन्ने अभिब्यक्ति दिएका छन ।

वीरगञ्जमा आयोजित भेलालाई सम्बोधन गर्दै एमाले नेता माधवकुमार नेपालले आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउन अघि सरेको बताउनुभयो । नेता नेपालले सिद्धान्त, सत्य र न्यायका लागि कार्यकर्ता माझ आएको जिकिर गर्नुभयो ।

कतिपयलाई म केपी ओलीको प्रधानमन्त्री पद खोस्न लागिपरेको भन्ने लागेको होला,’ उहाँले भन्नुभयो, ‘ओली नै प्रधानमन्त्री बनुन्, २० भोटले हारेको अध्यक्ष पनि चाहिँदैन । ओलीसँगको लडाइँ सिद्वान्त, सत्य र न्यायका लागि भएको नेता नेपालको भनाइ थियो ।

नवौं महाधिवेशनबाट ओली अध्यक्ष बनेपछि पार्टीमा समस्या आउन थालेको भन्दै उहाँले पार्टी पदाधिकारी, केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा अल्पमतमा परेकाले ओलीले बैठकको सामना गर्न नसकेर भाग्ने गरेको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेता घनश्याम भुसालले नेपालका कम्युनिष्टहरुले ७० वर्षसम्म गरेको त्याग तपस्या, बलिदानलाई तहसनहस पार्ने काम ओलीले गरेको आरोप लगाउनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा